सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता

२०८० मंसिर १४, ०५:३५ खबर संवाददाता

काठमाडौंः नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ। नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो।

दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गराएकी हुन्। दर्तामा उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ।

सर्वोच्चले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो। यसलाई लिएर अधिकारकर्मीहरूले लामो संघर्षपछि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको औपचारिक रूपमै विवाह दर्ता गर्ने व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेका छन्।

null

कमेन्ट लोड गर्नुस