सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटनामा परेर धनगढीका एक जनाको मृत्यु

२०८० मंसिर १३, ०१:०५ खबर संवाददाता

धनगढीः मोटरसाइकल दुर्घटनामा परेर कैलालीको धनगढीका एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–११ बेलास्थित सडकमा से २ प २६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको हो।

सोमवार राति अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–५ का  चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पु¥याइएको थियो। अस्पताल पु¥याइएको केहीबेरमा नै उनको मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस