एसीसी एसिया कपलाई यू–१९ टोली घोषणा

काठमाडौँः राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुलशन झालाई समेट्दै एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ।
युनाइटेड अरब ईमिरेट्स (युएई) मा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले देव खनालको कप्तानीमा १४ सदस्यीय टोली चयन गरेका हुन। टोलीमा तीन परिवर्तन गरिएको छ। विश्वकप छनोट र एसिसी प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहरा र दुर्गेश गुप्ता छैनन्।
उनीहरूको स्थानमा गुलशनसहित तिलकराज भण्डारी र ब्याटर विपिन रावललाइ टोलीमा राखिएको छ। प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन्। प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुने छ।
नेपाली टोलीमा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तमरंग थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द रहेका छन्।
