सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भवनको जग खन्ने क्रममा १९ तोला सुन भेटियो

२०७६ वैशाख २०, ०३:०७ खबर संवाददाता

अछाम–जिल्लाको साँफेबगर नगरपालिका वडा नम्वर–२ जाल्पादेवीमा त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ। भवन निर्माणका लागि जग खन्ने क्रममा १९ तोला सुन र १ सय ३२ तोला चाँदी फेला परेको हो। सुन र चाँदी जग खन्ने क्रममा मजदुरहरुले फेला पारेका थिए। मजदुरहरु बीच भागबण्डाको तयारी भएपनि विवाद भएपछि कुरा बाहिर आएको अछाम प्रहरीले जनाएको छ।

फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। विस १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ। बिस १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको थियो। 

कमेन्ट लोड गर्नुस