सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

२०८० मंसिर १२, ०९:५४ खबर संवाददाता

एजेन्सीः  भारतको उत्तरकाशी सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्धार गरिएको छ। उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७ औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिएका छन्। मोदीले लेखेका छन्– ‘उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको छ।’

यो दुर्घटना करिब १७ दिन अघि दीपावलीको दिन भएको थियो। त्यति बेला यी मजदुरहरू सुरुङमा काम गरिरहेका थिए। तर सुरुङ भित्र पसेपछि मजदुरहरू ६० मिटर लामो भग्नावशेषको पर्खालमा फसेका थिए। 
 

कमेन्ट लोड गर्नुस