सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवा संघ सुदूरपश्चिमले निर्माण गर्‍यो भूकम्प पीडितका २३ टहरा

२०८० मंसिर १२, ०७:३२ खबर संवाददाता

धनगढीः युवा संघ सुदूरपश्चिमले पाँच दिनमा २३ वटा भूकम्प पीडितका लागि टहरा निर्माण गरेको छ। राष्ट्रिय युवा संघ नेपाल, सुदूर पश्चिमको टिमले भूकम्प प्रभावितका २३ वटा टहरा निर्माण गरेको हो।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ को कल्पथमा २३ वटा घर टहरा निर्माण गरेर हस्तान्तरण गरिएको युवा संघ सुदूरपश्चिमले बताएको छ। राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिमका अध्यक्ष अरुण कँवरको नेतृत्वमा रहेको टोलीले मङ्सिर ५ गतेदेखि ११ गतेसम्म २१ जनाको समूहले श्रमदान गरेको बताए। उनले सरकारले दिएका जस्ताले टहराको छानो लगाएको बताए। टहरा निर्माणका लागि आवश्यक बेन्च, सब्बल, किलाकाँटा, तार, सरिया लगाएतका औजारहरू युवा संघको समूहले आफै लगेको थियो। विद्यालयमा संस्थाले दिएका टेन्टमा बस्दै आएका २३ परिवार अस्थायी टहरामा सरेका छन्।

 

कमेन्ट लोड गर्नुस