सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा उडान यथावत राख्दै मर्मत गर्न माग

२०७६ वैशाख २०, १२:०९ खबर संवाददाता

मर्मतका लागि धनगढी विमानस्थल एक महिना सम्म बन्द गर्ने निर्णय भएपछि चौतर्फी समस्या हुने भन्दै विमानस्थल बन्द नगर्न माग बढ्दै गएको छ। सोही क्रममा कैलाली उद्योग वाणिज्य संघले धनगढी विमानस्थलमा उडान यथावत राख्दै मर्मत गर्न माग गरेको छ। नेपाल नागरिक उड्यन प्राधिकरण धनगढी विमास्थललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो। विमानस्थल एक महिना सम्म बन्द भए आम नागरिक समस्यामा पर्ने भन्दै उडान यथावत राखेर मर्मतको काम गर्न माग गरिएका संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। धावनमार्ग मर्मतका नाममा बैशाख २२ गतेदेखि जेठ २१ गते सम्म विमानस्थल बन्द गर्ने निर्णय भएपछि यस्तो माग गरिएको हो।

त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ। नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। विमानस्थल सुचारु अवस्थामै पनि मर्मत गर्न सकिने पर्याप्त सम्भावना भएकाले बन्द नगर्न चौतर्फी दवा श्रृजना भईरहेको छ। धनगढी विमानस्थलले भने विमानस्थल बन्द नगरि मर्मत सम्भव नै नरहेको बताउँदै आएको छ। 
 

कमेन्ट लोड गर्नुस