सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्कुटर र बस ठोक्किदा तीन जना घाइते

२०८० मंसिर १२, ०४:३९ खबर संवाददाता

धनगढीः कैलालीमा बसर स्कुटर ठोक्किएका छन्। पश्चिमबाट पुर्वतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३०८९ नम्बरको बसलाई सोहि दिशातर्फ गइरहेको से ५ ब १९१७ नम्बरको स्कुटरले पछाडीबाट ठक्कर दिँदा गौरीगंगा नगरपालिका–८ मसुरीयामा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर गौरीगंगा नगरपालिका–९ का स्कुटर चालक १५ वर्षीय सागर विक, गौरीगंगा नगरपालिका–५ का १९ वर्षीय रमेश विक र सोहि ठाउँका १९ वर्षीय महेश विक घाइते भएका छन्। स्कुटर चालक सागर विकको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ।

घाइते तीनै जनाको धनगढीको केजी हस्पीटलमा उपचार भइरहेको छ। बस चालक यादवप्रसाद शाही र बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस