सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्म दिनमा सात लाखको अक्षयकोष स्थापना

२०८० मंसिर १२, ०३:०५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका पिताको ८४ औँ दिनमा मोहनचन्द्र शान्ति अक्षयकोषको स्थापना गरिएको छ।

मुख्यमन्त्री शाहका पिता नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मंगलबहादुर शाहको ८४ औँ जन्म दिनको अवसरमा सात लाखको उक्त अक्षयकोषको स्थापना गरिएको हो।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटमा रहेको यशोदा उच्च माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि मोहनचन्द्र शान्ति अक्षयकोषको स्थापना गरिएको हो। अति जेहनदार र निम्न आय भएका विद्यार्थीलाई सहयोगका लागि उक्त कोषमार्फत् सात लाख रुपैयाँ नगदसहित पूजामा तुलादान गरेको सम्पूर्ण रकम र प्रयोग भएका बहुमूल्य सामानहरू समेत कोषमा हस्तान्तरण गरेका हुन्।

साथै, उनले आवश्यकताअनुसार थप सहयोग गर्ने घोषणासमेत गरेका छन्। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँद, रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउँदलगायतको उपस्थितमा अक्षयकोष स्थापना गरिएको हो। मन्त्री साउँद पनि सोही क्षेत्रबाट विजयी भएका हुन्।

 

कमेन्ट लोड गर्नुस