सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका चार कबड्डी खेलाडी ढाकातिर

२०८० मंसिर १२, ०६:२० खबर संवाददाता

काठमाडौँ: बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले भाग लिने भएका छन्। उनीहरूले मेघाना कबड्डी क्लबबाट खेल्ने छन्।

बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले प्रतिस्पर्धा गर्नेछन्। चारै खेलाडी असोजमा चीनको हाङचउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जित्दाका खेलाडी हुन्।

अफिसियलमा भगवती अधिकारी छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमला, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापालगायतले बिदाइ गरे। पाँच सदस्यीय टोली मंगलबार बंगलादेश जानेछ।

कमेन्ट लोड गर्नुस