सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते 

२०८० मंसिर ११, ०५:१० खबर संवाददाता

बैतडीः बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

सोमवार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामी माथि चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर बोहराले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस