सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले दक्षिण पूर्वी एसियाका दुई देशको भ्रमण गर्ने

। फोटो स्रोत ।
२०७६ वैशाख २०, ०७:२५ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएका छन्। उनले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। भियतनाम र कम्बोडियाका प्रधानमन्त्री क्रमशः न्वेन सिएन फुक र हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओलीले ती देशको भ्रमण गर्ने कार्यक्रम बनेको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार सम्पन्न आठ दिवसीय चीनको राजकीय भ्रमणबारे जानकारी दिन बिहीबार परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिए। बहुल बौद्धधर्मावलम्वी  दुवै देशबाट नेपालको धार्मिक पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले निकट भविष्यमा सञ्चालन हुने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै भियतनामी र कम्बोडियाली पर्यटक लुम्बिनीमा घुरफिर गर्न आउन सक्ने बताए। 
 

कमेन्ट लोड गर्नुस