सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको डोके बजारका १६ वर्षीय बालक धनगढीबाट बेपत्ता

२०८० मंसिर ११, १०:१३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको डोके बजारका १६ वर्षीय बालक धनगढीबाट सम्पर्क विहीन भएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजार बस्दै आएका १६ वर्षीय बालक शाहिल सलमानी सम्पर्क विहीन भएका हुन्।

शुक्रवार नवाज पढ्न धनगढी चौराहाको पुरानो भन्सारमा रहेको मस्जिदमा आएका शाहिल दिउसो १२ बजेपछि सम्पर्क विहीन भएको उनका काका रामजान सलमानीले बताए। शाहिलको खोजीका लागि प्रहरीलाई खबर गरेको र कसैले देखे तथा भेटेमा नजिकैको प्रहरी अथवा ९८११६२२९३१ मा खबर गर्न आग्रह गरका छन्।
 

कमेन्ट लोड गर्नुस