सुदूर नेपाललाई विश्वसँग जोड्दै

विरगञ्जमाथि धनगढीको शानदार जित

२०८० मंसिर ११, ०५:४८ खबर संवाददाता

काठमाडौंः नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले विरगञ्ज युनाईटेड एफसीलाई हराएको छ। आईतवार दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ को जित निकालेको हो। दुवै टिम प्रतियोगिताको पहिलो खेलमा मैदान उत्रिएका थिए, जसमा धनगढीले सुखद सुरुवात गर्यो।

खेलको दोस्रो मिनेटमा फोडे फोफानाको गोलमा धनगढीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बिरगञ्ज खेलमा फर्किएको थियो। बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा गोल निकाल्दै धनगढीले जित निकाल्न सफल रह्यो।

अहमद हिजाजीले खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई शानदार जित दिलाए। साविक उपविजेता धनगढीले जितसहित दोस्रो सिजनको सुरुवात गरेको छ। धनगढीले तालिकामा ३ अंक जोेडेको छ। एनएसएलको नवप्रवेशी टिम विरगञ्जले हारसहित सिजनको सुरुवात गरेको छ। आज (सोमवार) झापा एफसी र स्पोर्टिङ मेची इलामबीच खेल हुनेछ।

कमेन्ट लोड गर्नुस