सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्किचुहाकी उप–मेयरको बोली–त्यो साले को हो ?

२०७६ वैशाख १९, ०७:०४ नवराज पनेरु

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्वर ४ कि एक महिला सदस्यले अनैतिक सम्वन्ध राखेको आरोप लागेपछि स्थानीयले मेयर र उप मेयरले गलत भुमिका खेलिरहेको भन्दै आरोप लगाईरहेका थिए। मेयर र उप मेयर लगायतका जनप्रतिनिधि महिला सदस्य उर्मीला बगालेमगरलाई जोगाएर उनका श्रीमानलाई फसाउन सक्रिय भएको सुचना दिनेश खवरको समाचार शाखामा आएपछि मैले सुरुमा मेयर महादेव बज्गाईलाई फोन गरे। तर उनले फोन नउठाएपछि उप–मेयर टिका थापालाई फोन गर्दा उनले फोन उठाईन्। मैले आफ्नो र आफु काम गर्ने सञ्चार माध्यमको परिचय दिदै उनको आधिकारीक धारणाका लागि अनुमती मागे। उनले पनि सहमती जनाएपछि मैले उनलाई ‘‘वडा सदस्यको केशमा तपाईहरुले गलत भुमिका निभाउँदै हुनुहुन्छ भन्ने आरोप लागेको छ नि ?’‘ भन्दै प्रश्न गर्दा उनले जवाफ दिदै भनिन्–‘‘तपाईलाई त्यस्तो कुरा भन्ने त्यो साला को हो ?’‘

मैले उप–मेयर हुनुहुन्छ कमसेकम मिडियामा बोल्दा त सभ्य भाषाको प्रयोग गर्नुस न भन्दै सम्झाउँन खोज्दा उप मेयर थापाले फोन काटि दिईन्। मैले उनलाई लगातार तीन पटक फेरी फोन गर्दा उनको फोन नै उठेन्। केहि बेरमा अर्को नम्वरबाट फोन लगाउँदा उप मेयर थापाले फोन उठाईन र मैले फेरी आफ्नो परिचय दिए। तर उप–मेयर थापाले भने मलाई कुनै विषयमा बोल्ने मन नै नभएको भन्दै फोन काटिन्। मैले फेरी उनीसंग कुरा गर्नका लागि म्यासेज पठाए तर त्यस्को अहिले सम्म जवाफ आएको छैन्। सञ्चारमाध्यममा असभ्य भाषा बोल्न पछाडी नपर्ने उप–मेयर थापाको आम नागरिकसंग बोल्नै शैली कस्तो होला ? 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस