सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक घरमा आगलागी

२०८० मंसिर १०, ०५:३१ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा एक घरमा आगलागी भएको छ। उपमहानगरपालिकाको–८ धनगढीगाउँ भरतचोकका रामलाल रानाको घरमा हिजो साँझ (शनिवार) अगरबत्तीबाट आगलागी भएको हो।

आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस