सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नौँ लाख बढीको अवैध सामान बरामद

२०८० मंसिर १०, ०५:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–६ बाट भारतबाट भन्सार छलि गरि लुकाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी ९ लाख ५४ हजार ७ सय मुल्य बराबरका कपडा, चिनि, दाल, मिश्री, मसला, मिठाई, चकलेट लगाएतका विभिन्न खाद्यान्नका सामानसहित कपडा बरामद गरेको हो। बरामद गरेका सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

कमेन्ट लोड गर्नुस