शेयर बजारमा उच्च अंकको वृद्धि
काठमाडौंः साताको पहिलो दिन आज शेयर बजार उच्च अंकले बढेको छ भने दुई महिनापछि २ अर्ब बढीको कारोबार भएको छ। आइतवार (आज) नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ बिन्दुमा कायम भएको छ।
आज बजारमा ६५ लाख ३० हजार ६४३ कित्ता शेयरको खरिद बिक्री हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ। यसअघि गत कार्तिक २ गते अन्तिम पटक परिसूचक १९०३.८४ बिन्दुमा पुगेको थियो। त्यसयता एक महिनापछि सम्म पनि नेप्से परिसूचक १८०० को बिन्दुको घेरामै कायम थियो भने आज एक महिनापछि परिसूचक १९०० बिन्दुमा गएको हो।
त्यस्तै, कारोबार रकम पनि गत असोज ९ गते मात्रै २ अर्ब बढीको भएको थियो। जहाँ दुई महिनापछि कारोबार रकम २ अर्ब बढीको भएको हो। आज छ्याङ्दी हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र विजय लघुवित्त बित्तीय संस्था लिमिटेडले सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफा कमाएका छन्।