धनगढीबाट बसमा भारत गएका यात्रु बिच बाटोमा अलपत्र
धनगढीः कैलालीको धनगढीबाट भारत गएका यात्रु बिच बाटोमा अलपत्र गरेका छन्। धनगढीको बसर्पाकबाट श्रे केदार टुर एण्ड ट्राभलले पठाएका यात्रुहरू भारतको डन भन्ने स्थानमा अलपत्र परेका हुन्।
उनीहरू मङ्सिर ६ गते धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै भारतको बेङ्लोरका लागि गएका थिए। तर, मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा अलपत्र परेका छन्। धनगढीका यातायात व्यवसायीले टिकट काटेर भारतका विभिन्न स्थानका लागि पठाएका झन्डै ७० जना यात्रु बिच बाटोमा अलपत्र परेका हुन्। उनीहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गर्ने गरेको बताएका छन्।
भारतमा रहेका बसका चालकहरूले उल्टै गाली गलौज गर्ने गरेको उनीहरूले बताएका छन्। उनीहरूले धनगढीबाट बेङ्लोरसम्मका लागि पाँच हजार सात सय एकको रुपैयाँ कम्पनीलाई बुझाएका छन्।