बझाङमा भिरबाट लडेर एक महिला घाइते
२०८० मंसिर ९, ०५:०५
बझाङः बझाङमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन्।
जिल्लाको बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बाग शनिवार (आज) बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्। उनलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
कमेन्ट लोड गर्नुस