सरकारले गरेको धरपकड लज्जास्पद् छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा भइरहेको आन्दोलनलाई दबाउन सरकारले गरेको धरपकड लज्जास्पद रहेको बताएका छन्। बाराको निजगढमा शुक्रवार साँझ आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले स्वतन्त्ररुपमा हिंडेका नागरिकलाई समाउँदै थुनेको घटना निकै लज्जास्पद् रहेको बताए।
लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने अधिकार रहेको भन्दै लामिछानेले सरकार डराएको देखेर आफू लज्जित भएको समेत बताए। ’म प्रदर्शनको पक्ष र विपक्षमा छैन। तर स्वतन्त्र हिंडेका मानिसलाई समाउँदै थुन्दै गरेको देखियो। लोकतन्त्रमा यो ल्याउछु त्यो ल्याउँछु भन्न पाइन्छ।
बन्देज लगाउने कार्य लज्जास्पद् छ,’ लामिछानेले भने, ’सरकार किन डराएको होला? आफू दुर्गा प्रसाईंको समर्थक वा प्रशंसक नभएको बताउँदै लामिछानेले सहकारी, लघुवित्त र बैंकको चर्को ब्याजबाट पीडित जनताको ज्यानमा तलमाथि नहोस् भन्ने पक्षमा रहेको बताए।



