सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमासले १२ जना थाइ नागरिकलाई छाड्यो

२०८० मंसिर ८, ०९:४० खबर संवाददाता

एजेन्सीः  इजराजयल र प्यालेष्टाइनको व्रिदोही समुह हमासबीच युद्धविराम भएपछि बन्धक बनाइएका केही व्यक्तिलाई हमासले छाडेको छ। बिबिसी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार १२ जना थाइ नागरिकलाई हमासले रेड क्रसको जिम्मा लगाएको छ। रिहा गरिएका थाई नागरिकहरू इजिप्टतर्फ लागेका छन्।

इजरायल र हमासबीच भएको सहमतिअनुसार हमासले ५० बन्धक छाड्ने र इजरायलले एक सय ५० प्यालेस्टाइन कैदी रिहा गर्ने छ। आजै इजरायलले ३९ प्यालेस्टाइन कैदीलाई रिहा गर्ने तयारी गरेको छ। थाइ नागरिकसँगै नेपालका विपिन जोशी पनि हमासद्वारा बन्धक बनेको इजरायली सेनाले जनाएको छ। तर, उनलाई भने हमासले छाडेको छैन। उनको रिहाईका लागि नेपालले शुक्रवार पनि कतारी दूतावासका अधिकारीहरुसँग छलफल गरेको छ। 
 

कमेन्ट लोड गर्नुस