सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमासले बन्धक बनाएका १३ जना इजरायली शुक्रवार रिहा हुने

२०८० मंसिर ८, ०५:४७ खबर संवाददाता

काठमाडौँ: इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले हमासले बन्धक बनाएका मध्ये १३ जना शुक्रवार दिउँसो ३ बजे रिहाई हुने जनाएको छ। रिहाई हुनेको नाम सार्वजनिक गरिएको छैन।

कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम शुक्रवार बिहान ७ बजेबाट हुनेछ। चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ। त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाई गर्नेछ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दोहामा आयोजित पत्रकार सम्मेलनमा रिहाई हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताए। ‘विशुद्ध मानवीयताको आधारमा महिला र बालबालिकालाई प्राथमिकता दिइएको हो। उनीहरुलाई जतिसक्दो छिटो सुरक्षित रुपमा बाहिर निकाल्नु छ’, उनले भने,‘एउटै परिवारका बन्धकहरूलाई एउटै समूहभित्र सँगै राखिनेछ।’ उनले रिहाई हुनेको नामवाली तयार गरिरहेको बताए।

कमेन्ट लोड गर्नुस