सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतङ्कवादीको मृत्यु

२०८० मंसिर ७, ०९:३२ खबर संवाददाता

एजेन्सीः पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीवार चार जना आतङ्ककारीहरू मारिएका छन्। प्रहरीको आतङ्कवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतङ्ककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सो घटना तुर्बत जिल्लामा भएको थियो। प्रहरीले एउटा कम्पाउन्डमा आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो। प्रहरीले छापा मार्दा आतङ्ककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन्।

मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ। आतङ्ककारीहरू सो प्रान्तमा आतङ्कवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस