बल्खुमा प्रहरी र कार्यकर्ताबीच तेस्रो पटक झडप
काठमाडौंः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको आह्वानमा भएको आन्दोलनमा तेस्रोपटक झडप भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीवार काठमाडौको बल्खुमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको थियो।
बल्खुमा भईरहेको प्रदर्शनलाई प्रसाईंले संक्षिप्त सम्बोधन गरेका थिए। उनले सम्बोधन गरेपछि राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले पनि छोटो मन्तव्य राखेका थिए। आफ्नो सम्बोधन पछि प्रसाई कार्यकतालाई नभनी प्रदर्शनस्थलबाट बाहिरिएका थिए।
प्रसाई प्रदर्शनस्थलबाट बाहिरिएसँगै कार्यकर्ताले सुरक्षाघेरा तोडेर सानेपातर्फ जान खाजेपछि प्रहरीसँग झडप भएको हो। प्रसाईं नेतृत्वको आन्दोलन भोलि पनि जारी रहने जनाइएको छ।