सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सेल्फी लिनेक्रममा रेलले कुल्चेर तीन जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ वैशाख १९, ०४:१७ खबर संवाददाता

भारतको हरीयाणामा सेल्फी लिने क्रममा रेलले कुल्चेर तीन जनाको मृत्यु भएको छ। भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिईरहेका तीनजना किशोरलाई रेलले कुल्चेको हो। प्रत्यक्षदर्शीका अनुसार चार जना किशोरले रेलमार्गमा उभिएर मोवाईलबाट सेल्फी लिईरहेका थिए। सोहि क्रममा रेलले ती चार जना मध्ये तीन जनालाई कुल्चिएको हो। चौथो युवक भने सकुसल रहेको प्रहरीले जनाएको छ।  

ती चारै जना एउटा बैवाहिक कार्यक्रममा सहभागी हुन पानीपतमा पुगेका थिए। ज्यान गुमाएका मध्ये एक जना १९ वर्षका र एक जना १८ वर्षको रहेको जनाईएको छ। भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन्। 

गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख गरिएको छ।  तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको ज्याने गरेको छ।

कमेन्ट लोड गर्नुस