कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला
२०८० मंसिर ७, ०७:३६
कञ्चनपुरः कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला परेको छ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर-४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो। नाम थर नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव बुधवार साँझ ४ः३५ बजेको समयमा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।
कमेन्ट लोड गर्नुस