सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डलाई नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिद्धारा सम्मान

२०८० मंसिर ६, ०४:२७ खबर संवाददाता

काठमाडौंः  नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्ताबेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ। शङ्खधर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गरेका हुन्।

उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्रीलाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो। सरकारले गत कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवतका तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो।
 

कमेन्ट लोड गर्नुस