सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल बन्द नगर्न माग

२०७६ वैशाख १९, ०४:०१ खबर संवाददाता

धनगढी विमानस्थल बन्द नगर्न माग गरिएको छ। धावनमार्ग मर्मतका नाममा बैशाख २२ गतेदेखि जेठ २१ गते सम्म विमानस्थल बन्द गर्ने निर्णय भएका बेला नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमले भने विमानस्थल बन्द नगर्न माग गरेको हो। महासंघका सुदूरपश्चिम अध्यक्ष शंकर बोगटीले आज विज्ञप्ती जारी गर्दै विमानस्थल बन्द नगर्न माग गरिएको हो। एक महिना सम्म विमानस्थल बन्द भए विमारीसंगै आम नागरिक समस्यामा पर्ने भएकाले विमानस्थलमा नियमित उडान यथावत राख्न माग गरिएको छ। संघीय, प्रदेश र स्थानीय सरकारलाई बिकल्प खोजेर निर्माण गर्न पनि आग्रह गरिएको छ। 

त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ। नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। विमानस्थल सुचारु अवस्थामै पनि मर्मत गर्न सकिने पर्याप्त सम्भावना भएकाले बन्द नगर्न चौतर्फी दवा श्रृजना भईरहेको छ। धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापा भने विमानस्थल बन्द नगरि निर्माण सम्भव नै नरहेको बताउँदै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस