भारतबाट चौथो चरणको भूकम्प राहत सामग्री आइपुग्यो

काठमाडौँ: भारतबाट अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथोचरणको भूकम्प राहत सामग्री नेपाल आइपुगेको छ। यी राहत सामग्री भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण ग¥यो।
नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ। यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन्। जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन राहत सामग्री उपलब्ध गराइसकेको छ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले जनाएको छ।



