सुदूर नेपाललाई विश्वसँग जोड्दै

विराट कोहली बने सर्वोत्कृष्ट खेलाडी

२०८० मंसिर ४, ०७:१८ खबर संवाददाता

काठमाडौं: विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्।

भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए। उनले न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्ध १ सय १ रन बनाएका थिए। कोहलीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक हान्दै ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बनाएका थिए।

उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए। कोहलीले लिगमा बंगलादेशविरुद्द १ सय ३ रन बनाएका थिए। उनले फाइनलमा ५४ रन बनाएपनी जितको लागि पर्याप्त भएन। जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

कमेन्ट लोड गर्नुस