बाजुरामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

बाजुराः बाजुरामा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको मार्तडीमा म–२–प–७३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा बडीमालिका-९ का मोटरसाइकल चालक अन्दाजी २० वर्षीय अविशेक खड्का र १४ वर्षीय सन्देश सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मोटरसाइकल मार्तडीको लोकतान्त्रिक चोक नजिकैको विद्युतको पोलमा ठोक्कीएर दुर्घटनामा भएको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए।
घाइते खड्काको टाउको र बायाँ हातमा चोट लागेको छ। भने अर्का घाइते सन्देश सिंहको निधारमा सामान्य चोट लागेको छ। खड्कालाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। सिंहको भने बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।



