सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोलजिबी मेलाको उद्घाटन गर्न दार्चुला पुगे मुख्यमन्त्री शाह

२०८० मंसिर २, ०४:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह दार्चुला पुगेका छन्। उनी जोलजिबी मेलाको उद्घाटनका लागि दार्चुला पुगेका हुन्।

मुख्यमन्त्री शाहको सचिवालयका अनुसार जिल्लामा मनाइने ऐतिहासिक जोलजिबी मेला सांस्कृतिक महोत्सव २०८० को उद्घाटनका लागि उनी शनिवार दार्चुला पुगेका हुन्। महोत्सवमा मुख्यमन्त्री शाह प्रमुख अतिथि थिए भने आन्तरिक मामिला मन्त्री शिवराज भट्ट, पर्यटन मन्त्री रमेश र प्रदेश सभा सदस्य विक्रम धामी सभामा पुगेका थिए। जोलजिबी मेला सांस्कृतिक महोत्सव मंसिर १ देखि ३ सम्म सञ्चालन हुने छ।

मुख्यमन्त्री शाहले मालिकाअर्जुन धामको समेत दर्शन गरेका छन्।

 

कमेन्ट लोड गर्नुस