सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जुवा खालबाट ८ जना पक्राउ

२०८० मंसिर २, ११:५४ खबर संवाददाता

धनगढीः  कञ्चनपुरमा जुवा खालबाट ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ६ एठपुरस्थित पारस भट्टको राइस मिलबाट उनीहरु पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार चन्द्रवेद राइस मिलबाट २  लाख ८ हजार चार सय २६ रुपैयाँसहित ८ जना पक्राउ परेका छन्। शुक्रवार राति जुवाखालबाट पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ६ का नरेन्द्र विष्ट, पारस भट्ट, र खेमराज लेखक, वडा नम्बर ४ का दामोदर भट्ट, वडा नम्बर ८ का सुरत खत्री तथा वडा नम्बर १० का तिलक बैज रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस