सुदूर नेपाललाई विश्वसँग जोड्दै

सब-ओभरसियर चौधरीको मृत्युमा गाउँपालिकाद्धारा शोक वक्तव्य

२०८० मंसिर २, ०९:०० खबर संवाददाता

धनगढीः सब-ओभरसियर विशेष चौधरीको मृत्युमा गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ।

कैलारी गाउँपालिकामा कार्यरत सब-ओभरसियर चौधरीको शव शुक्रवार फेला परेको थियो। उनको शव फेला परेपछि गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरद्धारा शोक वक्तव्य जारी गरिएको हो।

साथीहरुसँग टीकापुर घुम्न गएका चौधरी कार्तिक २५ गतेदेखि कर्णाली नदिमा बेपत्ता भएका थिए। शुक्रवार उनको शव टीकापुरको दौलतपुर घाटमा फेला परेको थियो। उनको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले शोक वक्तव्य जारी गरेको हो। 

कमेन्ट लोड गर्नुस