सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वर्गीय मन्जुको बालबालिकालाई उच्चशिक्षाका लागि लम्कीचुहाद्धारा सहयोग

२०८० मंसिर १, ०७:४२ खबर संवाददाता

धनगढीः कैलालीमा जग्गाको बिषयलाई लिएर ज्यान गुमाएकी मन्जु रावलका बालबालिकालाई उच्चशिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरिएको छ।

रावलका बालबालिकाकालाई लम्कीचुहा नगरपालिकाले उच्चशिक्षा अध्ययनका लागि १ लाख ५० हजारको चेक दिएको छ। नगरपालिकाकी नगर प्रमुख शुसिला शाहीले आज उक्त चेक स्वर्गीय रावलका छोरा बिवेक रावललाई हस्तान्तरण गरेकी नगर प्रमुखको सचिवालयका सदस्य सुरेश उपाध्याय (सिजन)ले जानकारी दिए। चेक हस्तान्तरण गर्दै नगर प्रमुख शाहीले केही भए पनि यो रकमले राहत पुग्ने बताएकी छिन्।

लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया स्वर्गीय मन्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन्। जग्गाको बिषयलाई लिएर रावलको हत्या गर्ने योजना बनाई चार जनाले उनको हत्या गरेका थिए। स्वर्गीय रावलका श्रीमानको समेत पहिलै निधन भएको थियो। मन्जुको हत्या भए पछि एक छोरा र एक छोरीको बिचल्ली भएको छ।

कमेन्ट लोड गर्नुस