सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३० वर्षपछि फरार प्रतिवादी पक्राउ

२०८० मंसिर १, ०५:०६ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक जना फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ का धनबहादुर सुनार फैसलाको ३० वर्षपछि पक्राउ परेका हुन्।

जिल्ला अदालत, कञ्चनपुरले कुटपिट मुद्‍दामा उनलाई २०५० फागुन १५ गते ६ महिना कैद र २ हजार जरिबाना तोकेको थियो। लामो समयदेखि फरार रहेका उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले अदालतमा पेस गरेको थियो। अदालतले कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कञ्चनपुर पठाइएको छ।

 

कमेन्ट लोड गर्नुस