सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा खसी चोर्दै गर्दा युवक पक्राउ

२०८० मंसिर १, ०१:४८ खबर संवाददाता

धनगढीः बैतडीमा खसी चोर्दै गर्दा एक युवक पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ बिनाबस्तीका देवसिंह साउँदको गोठबाट खसी चोर्दै गर्दा सोही वडाको लेट्ठेकोठका २२ वर्षीय गोपाल नाथ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार बिहिवार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरूको सहयोगमा साउँदले नियन्त्रणमा लिएका थिए। पछि प्रहरीलाई खबर गरेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।

पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान थालिएको छ। उनी सुन चोरेको आरोपमा गत साउनमा समेत पक्राउ परेका थिए। उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो।

 

कमेन्ट लोड गर्नुस