जिम्बावेमा सवारी दुर्घटना, २२ जनाको मृत्यु

२०८० कार्तिक ३०, ०७:१०
जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ।
मंगलबार राति बुलावायो–बीटब्रिज रोडमा २२ यात्रु रहेको टोयोटा क्वान्टम गाडी र ट्रक ठोक्किँदा अन्य दुई जना घाइते भएका छन्। मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको पत्रिका द हेराल्डले जनाएको छ।
.gif)



कमेन्ट लोड गर्नुस