सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा अटो दुर्घटना हुँदा पाँच जना घाइते

२०८० कार्तिक २९, ०५:०६ खबर संवाददाता

बाजुराः बाजुरामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१००१ स ७४५२ नम्बरको अटो दुर्घटना भएको हो।

अटोमा ६ जना सवार रहेकामा पाँच जना घाइते भएका हुन्। घाइते हुनेमा ३४ वर्षकी तुलसी कटुवाल, उनी छोरी १० वर्षकी सृष्टि कटुवाल, २४ वर्षकी राधीका बोहरा थापा, उनका छोरा आयुष बोहरा र १६ वर्षका विशाल कटुवाल रहेका छन्। प्रहरीका अनुसार कटुवालको निधार, दाँत र हातमा चोट लागेको छ भने बडुवालको खुट्टा र ढाडमा चोट लागेको छ। घाइते पाँचै जनाको बाजुरा जिल्ला अस्पतालमा उपचार भएको छ। तुलसी बाहेक सबै जना अस्पतालबाट घर फर्किएका छन्।

अटोमा सवार सबै जना भाइटीकाका लागि माइतीघर जानेहरु नै थिए। मार्तडीदेखि जडागा तर्फजाँदै गर्दा बाजुरा जिल्ला अस्पतालको मोडमा अटो अनियन्त्रित भएर दुर्घटना भएको बाजुरा प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस