धनगढी–२ का वडा अध्यक्षको घरबाट मोटर चोरी
धनगढीः कैलालीस्थित धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षको घरबाट चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाको घरबाट २ मोटर चोरी भएको हो।
घरको हात्तेपम्पमा जडान गरिएका दुई वटा मोटर चोरी भएका उनले बताएका छन्। उनले भने, ‘मेरो र जेठा दाइको मोटर चोरी भएको छ। राति १२ बजेसम्म थियो। १–२ बजे तिर चोरी भयो। १६ हजारको एक मोट हो। चार वर्ष पहिला खरिद गरेको थिँए।’
वडा अध्यक्षको टोलमा विगतका वर्षहरूमासमेत चोरी हुँदै आएको छ। उनले प्रहरीमा समेत खबर गरेको बताएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ भारतसँग जोडिएको क्षेत्र हो। नेपा र भारतको खुल्ला सीमानाका कारण चोरहरूले मोटर लगाएका समान भारतमा बिक्री गर्दै आएका छन्।