सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा पूर्वाधार निर्माण गर्न अहिलेसम्म ६ अर्ब खर्च

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक २९, १०:०५ कमल सावद

धनगढीः कैलालीस्थित गेटामा पूर्वाधार निर्माण गर्न अहिलेसम्म ६ अर्ब खर्च भएको छ। सङ्घीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको गेटा मेडिकल कलेज पूर्वाधार निमार्ण विकास समितिका अनुसार कात्तिकसम्म पाँच अर्ब ९९ करोड ५२ लाख १८ हजार आठ सय ३७ रुपैयाँ ५८ पैसा खर्च भएको हो।

गेटामा आर्थिक वर्ष २०६५/०६६ बाट योजना सुरु भएपनि पूर्वाधार निर्माणको काम भने २०७३/०७४ बाट थालिएको थियो। सात वर्षमा ५४ वटामा ४२ वटा संरचनाको काम पूरा भएको हो। ११ वटा संरचना निर्माणाधीन अवस्थामा छन्। एक योजनाको काम भने सुरुसमेत भएको छैन। मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना गेटा, कैलालीको गुरु योजना अनुसार पूर्वाधार निर्माणमा आठ अर्ब ११ करोड ४८ लाख ९५ हजार रुपैयाँ खर्चको अनुमान गरिएको थियो। १० वर्षको रणनीति अनुसार आयोजनाका भौतिक संरचना निर्माणको काम जारी रहेको छ।

कैलालीको गेटामा २०७३/०७४ देखि २०८०/०८१ को गुरुयोजना अनुसार भौतिक संरचनाहरू निर्माणको काम जारी छ। २०७४ बैशाख २५ गते ठेक्का सम्झौता गरिएका प्रशासनिक भवन, कलेज भवन र अस्पताल भवनको काम पूरा भएको छ। अहिलेसम्म गेटामा १६ करोड २७ लाख ९२ हजार सात सय १७ रुपैयाँ भुक्तानी भएको प्रशासनिक भवन, ६२ करोड ९७ लाख ९३ हजार नौ सय ७६ रुपैयाँ भुक्तानी भएको कलेज भवन, एक अर्ब १४ करोड ५४ लाख १२ हजार एक सय ९२ रुपैयाँ खर्च भएको अस्पताल भवन, ४४ करोड २२ लाख ८७ हजार पाँच सय २ रुपैयाँ खर्च भएको छात्रावास भवन, ३६ करोड ५४ लाख १५ हजार ६ सय ९९ रुपैयाँ खर्च भएको आसव गृहको काम सकिएको छ।m

यस्तै, ४५ करोड ६६ लाख ४२ हजार चार सय ३२ रुपैयाँ भुक्तानी भएको आवास र चमेना गृह, ८७ करोड १२ लाख २८ हजार पाँच सय १५ रुपैयाँ खर्च भएको अस्पताल विस्तार भवन, ४१ करोड १६ लाख ८४ हजार ३४ रुपैयाँ खर्च भएको आवास र पर्खालको काम समेत पूरा भएको छ। ११ करोड ४९ लाख ८४ हजार सात सय ६२ रुपैयाँ का फर्निचर तथा फिक्चर जडान गरिएको छ। परामर्शदाताले अहिलेसम्म् ५ करोड ७० लाख ४५ हजार द्द सय ८५ रुपैयाँ भुक्तानी लिएको छ।

भिआइपी र छात्रावास भवनहरू, विद्युत सब स्टेसन निर्माण, खानेपानी विस्तार र आन्तरिक सडक विस्तारको काम भने जारी रहेको छ। पूर्वाधार निर्माण विकास समितिका अनुसार भिआइपी र छात्रावास भवनहरूको ८५ करोड ९६ लाख ८ हजार ६ सय ३१ रुपैयाँमा सम्झौता गरिएकोमा ६५ करोड ५५ लाख ५४ हजार आठ सय ९६ रुपैयाँ भुक्तानी भएको छ। ८० प्रतिशत निर्माणको काम पूरा भएको छ। विद्युतको ९५ प्रतिशत काम पूरा भएको छ। ३६ करोड ४४ लाख ५० हजार तीन सय ५० रुपैयाँ लागत रहेको विद्युतको ३१ करोड ४६ लाख ३९ हजार आठ सय चार रुपैयाँ भुक्तानी गरिएको छ। खानेपानीको ३० प्रतिशत काम पूरा भएको छ। २२ करोड १० लाख ५१ हजार तीन सय ७१ मा सम्झौता भएकोमा पाँच करोड ६४ लाख ७५ हजार चार सय ८४ रुपैयाँ भुक्तानी दिइएको छ। आन्तरिक सडक निर्माणका लागि ३५ करोड ८९ लाख ६६ हजार २ सय २४ रुपैयाँमा सम्झौता भएको थियो। २५ प्रतिशत सडक निर्माणको काम सकिएको छ। अहिलेसम्म पाँच करोड ७० लाख ४५ हजार २ सय ८५ रुपैयाँ निर्माण कम्पनीले भुक्तानी लिएको छ।

पूर्वाधार विकास समितिका अनुसार सिल्ट मुनलाईट इभरसेफ जेभीलाई तीन करोड १६ लाख ८९ हजार पाँच सय १० रुपैयाँ भुक्तानी दिएको छ। ८५ प्रतिशत काम पूरा गरेको निर्माण कम्पनीसँग चार करोड १० लाख ४३ हजार आठ सय ६० रुपैयाँमा सम्झौता भएको थियो। छ अर्ब ३५ करोड ६ लाख २० हजार २ सय ५५ रुपैयाँका भौतिक संरचना निर्माणका लागि १५ वटा ठेक्का सम्झौताको मात्र पाँच अर्ब ७४ करोड ३६ लाख ३४ हजार एक सय ३७ रुपैयाँ ३९ पैसा भुक्तानी भएको छ। ७४ करोड २५ लाख ६३ हजार ६ सय २३ रुपैयाँ विकास समितिले १५ वटा निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको छ। पूर्वाधार निर्माण समितिका अनुसार ८ किलोमिटर कच्ची सडक निर्माण, एक दशमलव पाँच किलोमिटर सार्वजनिक सडक निर्माण, मनेहरा खोलामा तटबन्धन, अक्सिजन प्लान्ट हाउस, लण्ड्री हाउस, इलेक्टिकल कन्ट्रोल हाउस, गार्डसहितको मुख्य गेट, कुरुवा घर, चार किलोमिटर कम्पाउण्ड, सुन्नी खोलामा तटबन्धन लगाएको काम समेत सकिएको छ।

फोहोर मैला व्यवस्थापन प्लान्ट निर्माणका लागि भने ठेक्का समेत भएको छैन।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस