सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा क्लिनिक सञ्चालकका भाईले सुइ लगाउदा बालकको मृत्यु, दाजु-भाई पक्राउ 

२०८० कार्तिक २९, ०९:५७ खबर संवाददाता

धनगढीः कैलालीका गोदावरीमा क्लिनिक सञ्चालकका भाईले सुइ लगाउदा बालकको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी–५ गेटाका ५ वर्षीय बालक सम्राट ऐरको मृत्यु भएको हो। बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न क्लिनिक सञ्चालक दाजु र भाईलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका-१३ श्रीलंकाका दिनेश धामी र नविन धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दिप चन्दले बताएका छन्।

सञ्चालक दिनेशले आफ्नो अनुपस्थितिमा भाई नविनलाई सुई लगाउन अह्राएका थिए। ज्वरो आएपछि उपचारका लागि बुधवार साँझ क्लिनिक लगिएका ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाएपछि ऐर अचेत भएका थिए। अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनुअघि नै बालकको मृत्यु भईसकेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस