सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक युवक मृत फेला 

२०८० कार्तिक २९, ०८:२८ खबर संवाददाता

बैतडी: बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका-७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा मृत फेला परेका हुन्।

सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनि हिँडेका ओझा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

मेलौली नगरपालिका-७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करीब ५ मिटर तल ओझाको शव फेला परेको केसीले जानकारी दिए। ओझाको मृत्युको कारण भने खुलेको छैन्। घटनाको अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस