सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले ६ करोड २५ लाखमा खरिद गरेका १६ एम्बुलेन्स थन्किए

फाइल फोटो
फाइल फोटो
२०८० कार्तिक २८, ०४:३२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम सरकारले खरिद गरेको एम्बुलेन्स थन्किएका छन्। प्रदेश सरकारले ६ करोड २५ लाख १२ हजारमा खरिद गरेका १६ वटा एम्बुलेन्स थन्किएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आधुनिक र सुविधायुक्त दाबी गर्दै आएका एम्बुलेन्स चार वर्षमा सबै थन्किएका छन्। मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एक÷एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

२०७६ साल कार्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ एउटा एम्बुलेन्स तीन वर्षमै थन्किएका हुन्।

मन्त्रालयले कमिसनको चक्करमा टाटा ४०७ मोडेलका मिनी ट्रक खरिद गरेकाले सबै बन्द भएका हुन्। सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्स प्रयोग गर्न उपयुक्त नरहेको बताएका छन्। उनले भने, ‘हामीसँग एक मात्र एक मात्र एम्बुलेन्स छ। एक अर्काे ए ग्रिडको खरिद गरेका छौ। प्रदेश सरकारले दिएको एम्बुलेन्स भन्न नमिल्ने रहेछ। एम्बुलेन्सको क्याटागोरीमा राख्न नमिल्ने रहेछ।’

सुदूरपश्चिममा एम्बुलेन्स खरिद प्रकरण : अनियमितता गर्न त्रुटी नै त्रुटी [

कमेन्ट लोड गर्नुस