सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको उत्तर प्रदेशमा पटाका बजारमा आगलागी

२०८० कार्तिक २८, ०३:५९

धनगढीः भारतको उत्तर प्रदेश अन्तर्गत मथुरा जिल्लाको राया क्षेत्रमा रहेको पटाका बजारमा आगलागी भएको छ। दीपावलीका दिन भएको आगलागीमा परी घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य ११ जनाको अवस्था अझै चिन्ताजनक छ।

बीबीसी हिन्दीका अनुसार दीपावलीका दिन थाना राय क्षेत्रको पटाका बजारमा अचानक आगलागी हुँदा यो दुर्घटना भएको हो। धेरै पसल खरानीमा परिणत भएका छन्।

उक्त दुर्घटनामा पटाका पसल खोलिरहेका १३ जना नराम्ररी जलेका छन्। यी दुई दाजुभाइ तिनैमध्ये थिए।

ठाकुरदास नामका दाइलाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो भने अर्का भाइ सुशीललाई एसएन मेडिकल कलेज, आगरामा। तर उपचारका क्रममा सोमवार राति उनीहरूको निधन भएको हो। यी दुवै दाजुभाइ हातरसको मुर्सानवासी थिए।

 

कमेन्ट लोड गर्नुस