कञ्चनपुरको दुई ठाउँमा अलग–अलग घरमा आगलागी

कञ्चनपुरः कञ्चनपुरको दुई ठाउँमा अलग–अलग घरमा आगलागी भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक बस्ने राजिव गुप्ताको घरमा रहेको कपडा पसलमा दियोबाट आगो सल्किएर आइतबार राति आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ।
यस्तै कृष्णपुर नगरपालिका–५ गुलरियाका डम्बरबहादुर रावलको घरमा बालेको दियाबाट आगो सल्किएर आइतबार राति आगलागी भएको छ। रावलको घरमा आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

