सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

२०८० कार्तिक २८, ११:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ चाँदनीस्थित सडकमा झोलुंगेबाट चाँदनीतर्फ जाँदै गरेको युए ०४ सि १३०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाटका ५५ वर्षीय झुसे बोहराको आइतवार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका बोहराको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस