सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा माओवादी आक्रमणबाट १६ प्रहरीको मृत्यु

२०७६ वैशाख १८, ०४:२७ खबर संवाददाता

भारतको महाराष्ट्र प्रान्तस्थित गढचिरौलीमा माओवादी आक्रमणबाट १६ जना सुरक्षाकर्मी मारिएका छन्। महाराष्ट्र प्रहरीको सी ६० कमाण्डो रहेको गाडीलाई निसाना बनाएर नक्सल माओवादीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरूले जनाएका छन्। माओवादी गुरिल्लाको रणनीतिसँग भिड्न महाराष्ट्र प्रहरीले स्थानीय जनजातिका मानिसहरूसहितको एक विशेष दल बनाएको थियो। गढचिरौलीको कुरखेडा तालुका निरै घटना भएको बिबिसी हिन्दीले जनाएको छ। गढचिरौली जिल्ला नक्सल माओवादीको प्रभावक्षेत्र मानिन्छ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो माओवादी आक्रमणको निन्दा गरेका छन्।

कमेन्ट लोड गर्नुस