सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको खलंगा पुल खुल्ने समय एक घण्टा छोट्याइयो

२०८० कार्तिक २७, ०४:१२ खबर संवाददाता

दार्चुलाः दार्चुलाको खलंगा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ। दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल–भारत सीमा जोड्ने झोलुङ्गे पुल सोमबारदेखि बिहान ६ बजे खुलेर साझ ६ बजे पुल बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार यसअघि सीमा पुल बिहान ६ बजे खुला भई साँझ ७ बन्द हुँदै आएको थियो। शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।
 

कमेन्ट लोड गर्नुस